देश/प्रदेश
नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु
०

काठमाडौँ असोज १९
नुवाकोटकी २८ वर्षीया एक महिलाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाँच जना शिशुलाई जन्म दिएकी छिन्।
पाँचमध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले जनाएको छ।
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी अस्पतालकी निर्देशक संगीता मिश्रले बताइन्।
जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो।
अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १।८, १।९, १।६ किलोग्राम र ८०० ग्रामका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























