देश/प्रदेश

प्रदेश ५ मा राजधानी विवाद : मस्यौदा समितिको संयोजक पदबाट राजीनामा

Banner

खस्यौली, असोज १९-

प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिनुभएको छ ।

सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उहाँले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आउनुभएको थियो ।

श्रेष्ठकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ प्रदेशसभा सदस्यले नोट अफ डिसेन्ट लेख्नुभएको थियो । उहाँले सभामुखलाई बुझाएको राजीनामा पत्रमा आकस्मिक रुपमा प्रदेशको नामकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्तावपश्चात् उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षका रुपमा उपस्थित घटनाक्रमसँग केही पत्रपत्रिकाबाट जनतामा भ्रम छर्न खोजेको महसुस भएकाले उक्त समितिबाट राजीनामा पेश गरको उल्लेख गर्नुभएको छ । प्रदेशसभामा आजदेखि छलफल शुरु हुनेछ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>