देश/प्रदेश
अस्पतालबाट हाम फालेर एक बिरामीको मृत्यु
०

काठमाडौं, असोज १९
विराटनगरका विराट नर्सिङ होम, अस्पतालको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।
अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको हो।
गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले बताएअनुसार गजमेर फोक्सोका बिरामी रहेको प्रहरीले बताएको छ।
उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ।
उनले किन अस्पतालबाट हाम फालेका हुन् भन्नेबारे खुलेको छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























