चितवन विशेष

चितवनका थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Banner

चितवन, असोज १६–

चितवनमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १७ र राप्ती नगरपालिकाका एक जना गरी १८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

भरतपुरका संक्रमण पुष्टि हुनेमा वडा नं.२, ४, ५, ८, ९, १०, ११, १२, १५, १६, १६ र २० का ११ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरु २४ देखि ६८ वर्ष उमेर समूहका छन् । उनीहरु मध्ये केहीले क्वारेन्टिन, भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालबाट स्वाब दिएका थिए ।

यस्तै राप्ती नगरपालिका–४ की ६२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । ती महिला क्वारेन्टिनमा रहेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>