Breaking News

३२ देशबाट स्वदेश फर्किए साढे ८६ हजार बढी नेपाली

Banner

काठमाडौं असोज १५-

बिहीबारसम्म विभिन्न ३२ मुलुकबाट हवाइ मार्ग हुँदै साढे ८६ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि हालसम्म नियमित र उद्धार उडानमार्फत ८६ हजार ८१३ नेपाली स्वदेश फर्किएका हुन् ।

विभिन्न ३२ देशबाट स्वदेश फर्किएकामा सबैभन्दा धेरै खाडी मुलुकबाट नेपाली फर्किएका छन् । खाडीमा पनि युएईबाट हालसम्म सबैभन्दा धैरै २५ हजार ७७ जना फर्किएका छन् । यसैबीच आज पनि साउदी, युएई, कुवेतलगायतका देशबाट नेपाली स्वदेश फर्किएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>