देश/प्रदेश
हेटौँडामा सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु
०

मकवानपुर असोज १२-
बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नंको ट्र्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजीकै आज दिउँसो ठक्कर दिँदा ट्र्याक्टर चालकको बाटोमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ बस्ने वर्ष २२ वर्षीय लालबहादुर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको मिथिला गाउँपालिका बस्ने गङ्गाराम महतोलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ । दुर्घटनामा परी घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























