देश/प्रदेश
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ
०

सप्तरी, असोज १२-
सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् ।
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ साल २७ भदौमा आरोपितहरुलाई जनही १० दिनको कैद र ५ सय जरिमानाको फैसला गरेका थिए । फैसलापछि अभियुक्तहरु फरार थिए ।
आरोपितहरुले ०७३ साल १८ वैशाखमा घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएका थिए ।
प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा २८ वैशाखमा आशय करणीको मुद्दा दर्ता गराएका थिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























