क्रिकेट

आइपीएलः कोलकत्ताद्धारा हैदराबाद ७ विकेटले पराजित

Banner

काठमाडौं, असोज ११–

युएईमा जारी इण्डियन प्रीमियर लीग (आइपीएल) अन्तरगत गयराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । हैदराबादले दिएको १४३ रनको लक्ष्य कोलकत्ताले ३ विकेट गुमाउँदै पुरा गर्‍यो ।

कोलकत्ताको जितमा युवा खेलाडी ओपनर व्याट्सम्यान शुभम गिलले अविजित रहँदै ७० रनको अर्धशतकिय पारी खेले । यस्तै इयोजन मोरर्गनले अविजित ४२ रनको पारी खेले । नितिश रानाले २६ रन बनाए भने कप्तान दिनेश कार्तिक र सुनिल नारिने खाता नखोल्दै आउट भए ।

यसअघि पहिले व्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४२ रन जोडेको थियो । उसका लागि मनिस पाण्डेले सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेले ।

पहिलो जितसंगै कोलकत्ता अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>