देश/प्रदेश
मीना सुनारको उद्धार
०
गण्डकी, साउन ६ –
रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याएको छ ।
मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएकी उहाँलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उहाँको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै पोखरा लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिनुभयो ।
“स्वास्थ्य परीक्षणका क्रममा उहाँको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पठाइएको छ”, उहाँले भन्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























