कर्पोरेट

ज्योति लाइफ इन्सुरेन्सको तेस्रो वार्षिकोत्सव

Banner

चितवन, असोज ८-

ज्योति लाइफ इन्सुरेन्सको तेस्रो वार्षिकोत्सवको अवसरमा बिहीबार नारायणगढमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा इन्सुरेन्सले नारायणगढ, कावासोती र टाँडीका एजेन्सी म्यानेजर र अभिकर्ता गरेर १५ जनालाई सम्मानित गरेको छ । कोरोनाको कारणले सामाजिक दूरी कायम गर्दै गरिएको कार्यक्रममा क्षेत्रीय बिक्री प्रवन्धक ईश्वरविकल सापकोटाले स्थापना भएको तीन वर्षमा नै नेपालका १९ वटा जीवन बिमा कम्पनीहरु मध्ये सातौं नम्बरमा पर्न सफल भएको बताउनुभयो । उहाँले कम्पनीले छोटो समयमा नै गत आर्थिक वर्ष २ं०७६\२०७७ मा २०० करोड रुपैयाँ जीवन बिमामार्फत् संकलन गर्न सफल भएको भन्दै भविष्यमा कसरी देशकै उत्कृष्ट बिमा कम्पनी बनाउने भनेर भावी योजनाहरु पनि प्रस्तुत गर्नुभयो । विसं २०७४ साल असोज ८ गते कम्पनीको स्थापना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>