Breaking News

नारायणी नदीमा पानीको बहाव उच्च : गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए

Banner

चितवन, असोज ८-

नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले जानकारी दिए ।

व्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ । ब्यारेजमा अहिले ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाव छ । यो बढ्ने क्रममा छ । ४ लाख क्यूसेक पुगेपछि उच्च खतरा मानिन्छ । जल तथा मौसम विभागका अनुसार नारायणी नदी देवघाट क्षेत्रमा खतराको तह पार गरेको छ ।

देवघाट क्षेत्रतर्फ पानीको सतह ८.११ मिटर पुगेको छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गरेको मानिन्छ । यस्तै पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । उक्त पानी क्रमशः बग्दै आएको र त्यसले ब्यारेजलाई समेत जोखिममा पार्ने भएकाले सजगता अपनाइएको थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>