चितवन विशेष

बाढीले माडी–ठोरी सडक अबरुद्ध

Banner

चितवन,असोज ८-

बुधबारदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । माडी–ठोरी सडकमा पर्ने अधिकांस खहरे खोलामा बाढी आएपछि सडक अबरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार मगोई, रौतने, रिमाल, घाघर, वघई, रिउ लगाएतका खोलामा बाढी आएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । माडीका अधिकांस खहरे खोलामा बाढी आएकोले यातायात आवागमन ठप्प भएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो । माडीका अधिकांस खोलामा पुल नभएकोले बाढी आउनासाथ सडक अबरुद्ध हुने गरेको छ । सबै खोलामा पुल निर्माणको काम भइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>