Breaking News

चितवनमा एकैदिन १४३ जनामा कोरोना संक्रमण, रत्ननगरको एकै वडाका ४५ जना संक्रमित

Banner

चितवन, असोज ८–

चितवनमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना चितवन बाहिरका १४ जना रहेका छन् ।

चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन् । जसमध्ये वडा नं.१४ का मात्रै ४५ जना रहेका छन् । भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २/२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।

यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एक/एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>