समाचार

नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा चीनविरुद्ध युवाहरुको प्रदर्शन

Banner

काठमाडौँ, असोज ७–

काठमाडौँको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन्।

उनीहरुले सीमा चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, लगायतका प्ले कार्ड बोकेका छन् ।

युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएको छ ।

तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ। हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>