चितवन विशेष
होटेल ह्याप्पी होम चौथौँ वर्षमा प्रवेश
०

चितवन, असोज ७–
होटेल ह्याप्पी होम चौथौँ वर्षमा प्रवेश गरेको छ ।
नारायणगढस्थित कमलनगरमा रहेको यस होटल तीन वर्ष अघि संचालनमा आएको थियो । छोटो समयमै यस होटलले आफ्नो क्षमता समेत विस्तार गर्न सफल भएको छ । यसपटक कोरोना भाइरसका कारण औपचारिक कार्यक्रम नगरिएको संचालक कृष्ण महतोले जानकारी दिए ।
यस होटलमा महतोको एक्लो लगानी हो । अरुको होटलमा काम गर्दै यस क्षेत्रमा प्रवेश गरेका महतो अहिले आफै सफल व्यवसायी बनेका छन् । उनी होटल संघ नारायणगढ इकाईका अध्यक्ष समेत हुन् ।
होटलमा आउने पाहुनको सत्कार र थारु परिकारका कारण ग्राहकको मन जितेको संचालक महतोले बताए । उनले भने–रेष्टुरेन्टमा थारु खानाका परिकारलाई प्राथमिकतामा राखेका छौं, ग्राहक यसबाट सन्तुष्ट छन् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























