कर्पोरेट

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेस्रो वर्षमा

Banner

चितवन, असोज ६-

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको उल्लेख छ । तेश्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त र आक्रामक रुपमा व्यवसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले कारोबार सञ्चालन गरेको तेस्रो वर्षमै बिमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले भन्नुभयो, ‘कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा विस्तार गर्दै लैजाने छौं ।’ कम्पनीले बिमा समितिबाट २०७४ असोज ४ गते कारोबार सञ्चालनको अनुमति पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बिमासम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थितरुपमा उपलब्ध गराउँदै आएको छ भने कम्पनीका बिमा योजनाहरु उत्कृष्ट प्रकारको रहेको कारण बिमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ । कम्पनीको दुई अर्ब १५ करोड जारी पूँजी रहेको छ । सो जारी पूँजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निस्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र सञ्चालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवनकुमार अग्रवाल रहनु भएको छ । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

तेश्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, सञ्चालक, नियमनकारी निकाय बिमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, सञ्चारकर्मीलगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>