Uncategorized
मकवानपुरमा प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जना गाँजासहित पक्राउ
०
मकवानपुर, असोज ६-
मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>