समाचार
पहिरोले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग खुल्यो
०

बागलुङ, असोज ६-
बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारीसाधन बीचमै रोकिएका थिए ।
पहिरोका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको घरमा आंशिक क्षति पुगेको छ । घरमा बस्न जोखिम भएपछि पाँचै परिवारले छिमेकीकोमा आश्रय लिइरहेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























