समाचार
पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न – सरकार किन कानमा तेल हालेर बसेको हो ?
०

काठमाडौं, असोज ६-
चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारप्रति कटाक्ष गरेका छन् ।
लामो समयदेखि सीमामै रोकिँदा सामान बिग्रिने र नेपाली व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपर्ने डा. भट्टराईको भनाइ छ । तर पनि सरकार कानमा तेल हालेर बसेको उनले बताएका छन् ।
उनले विहान ट्वीटरमा लेखेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























