देश/प्रदेश
पूर्वसूचना बिना बिजुली गयो ? ‘सिधै ऊर्जा मन्त्रालयमा फोन गर्नू’

काठमाडौं असोज, ५-
पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै धेरैले फेरि विद्युत कटौती (लोड सेडिङ) हुने आशंका गरिरहेका छन्। तर, पूर्व सूचना नै नदिई बिजुली गए अब सिधै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयमा फोन गरी गुनासो राख्न सकिने भएको छ।
ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।
‘त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको हो,’ मन्त्रीका प्रेश संयोजक दयानिधि भट्टले फेसबुकमा लेखेका छन् ।
उनले कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ ।
सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने उनले जानकारी दिएका छन् ।
























