देश/प्रदेश

सात दिनभित्र चैतदेखिको तलब उपलब्ध गराउन बोर्डिङका शिक्षकको माग

Banner

काठमाडौं, असोज ४-

संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले चैतदेखि तलब नदिएका संस्थागत विद्यालयहरूले आजका सात दिनभित्र अनिवार्य तलब उपलब्ध गराउन माग गरेको छ ।

इष्टुले दश बुँदे मागहरु राख्दै पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्ने घोषणा पनि गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर (इस्टु) ले असोज ९ गतेसम्म सबै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकाहरुमा पूनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एन–प्याब्सनलाई स्मरणपत्र पनि बुझाउने भएको छ ।

उसले अघि सारेका आन्दोलनका कार्यक्रमहरु असोज ११ देखि १३ सम्म मानव संसाधन विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयमा अल्टिमेटम पत्र दिने, प्रदेशमा सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम पत्र दिने, असोज १५ गते सबै महानगरपालिका, उपमहानगरपालिकामा १ दिने धर्ना दिने र असोज १८ गते देशभरका प्रमुख शहरहरूमा विरोध ¥याली निकालेर कोणसभा गर्ने रहेका छन् ।
कार्यक्रममा ईस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक÷कर्मचारीहरूलाई अहिलेसम्मको खाई÷पाई आएको तलब\सुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले निश्काषित शिक्षक तथा कर्मचारीहरूलाई पूनर्वहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक÷कर्मचारीहरूका हकअधिकार सुनिश्चितता गरिनुपर्ने र ऐन÷नियम र कानुनमा भएका प्रावधानहरु अक्षरंश पालना गरिनुपर्नेमा जोड दिनुभयो । । कार्यक्रममा ईस्टुका महासचिव भोलानाथ चालिसेले आफूहरुले अघि सारेका जायज माग पूरा गराउनको लागि आन्दोलनका कार्यक्रमलाई नयाँ उचाईबाट अघि बढाईने स्पष्ट पार्नुभयो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हामी शिक्षकहरू तयार छौँ भन्दै अभिभावकसँग जबरजस्ती नगरी सल्लाह, सम्वाद, छलफलद्वारा शुल्कको उचित निकास निकाल्न पनि उनीहरुको माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>