खेलकुद

संविधान दिवसमा देवघाटमा व्याडमिन्टन कोर्टको उद्घाटन

Banner

देवघाट, असोज ३-

संविधान दिवसको अवसरमा देवघाट ब्याटमिन्टन संघको आयोजनामा शनिबार ब्याडमिन्टन कोर्टको उद्घाटन गरिएको छ ।

देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले कोर्टको उद्घाटन गर्नुभएको हो । देवघाट गाउँपालिका अध्यक्ष थापाले विश्व महामारीको रुपमा कोरोना फैलिरहेको समयमा पनि सामाजिक दूरी कायम गर्दै दुईवटा ब्याटमिन्टन कोर्टको निर्माण कार्य गर्न सफल भएकोमा देवघाट युवा तथा खेलकुद समिति र देवघाट ब्याटमिन्टन संघलाई धन्यवाद दिनुभयो । फरक प्रसंगमा अध्यक्ष थापाले गाउँपालिकाको समृद्ध विकासको लागि आफूले कुनै पनि कसर नराखी निरन्तर लागि पर्नेमा जोड दिनुभयो । देवघाटका युवाहरुको सुःख–दुःखमा सधैं सहकार्य गरी अगाडि बढ्ने उहाँले उद्घोष गर्नुभयो । कार्यक्रमका देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले देवघाट ब्याटमिन्टन संघले संविधान दिवसको दिन पारी कार्यक्रमको आयोजना गरी आफूलाई स्वागत गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा देवघाट गाउँपालिकाको खेलकुद विकासको लागि सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो ।

दुईवटा ब्याडमिन्टन कोर्ट सम्पन्न गर्नको लागि करिब दुई लाख १५ हजार खर्च भएको देवघाट ब्याटमिन्टन संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिनुभयो । कार्यक्रममा देवघाट ब्याटमिन्टनका संरक्षक चन्द्रप्रकाश दवाडीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य देवघाट ब्याटमिन्टन संघका उपाध्यक्ष बलबहादुर क्षेत्री र देवघाट युवा तथा खेलकुद समिति अध्यक्ष सुकु गुरुङले धन्यवाद मन्त्वय ब्यक्त गर्नुभएको थियो । कार्यक्रम देवघाट ब्याटमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>