देश/प्रदेश

देसैँभरका मठमन्दिर खुला गर्न विश्वहिन्दू परिषद्को माग

Banner

चितवन, भदौं ३१-

कोरोना संक्रमण बढ्दै गएपछि बन्द भएका देशभरका मठमन्दिरमा दर्शन खुला गर्न विश्वहिन्दू परिषद्ले माग गरेको छ ।

परिषद्ले बुधबार प्रेषित गरेको विज्ञप्तिमा मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर दसैँ भरिका मठ–मन्दिरहरुमा समेत नियमित दर्शन खुला गर्न एवम् आउँदै गरेको नेपालीहरुको महान पर्व दसैँको सहजताको लागि मन्दिर खुला गर्न माग गरेको हो ।

कोरोना महामारीका कारण देशै भरिका मन्दिरहरुमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । कोरोना कहरका कारण हिन्दू धर्मावलम्बीहरुको चाड पर्व पनि प्रभावित भएको अवस्था छ । यसैबीच काठमाण्डौस्थित पशुपतिनाथ मन्दिर खुला गर्न सरकारले तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न निर्देशन दिनु भएको छ । सरकारकोयस कदमको विश्व हिन्दू परिषद् नेपाल स्वागत पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>