मौसम

न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ : ६ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्क रहन आह्वान

Banner

काठमाडौं, भदौ ३०-

हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ ।

देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भइरहेको छ।

मंगलबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>