देश/प्रदेश

सन्तनेताको उपाधि इतिहासमा अमिट रहने

Banner

काठमाडौँ, साउन ३-

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बताउनुभएको छ ।

कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा उहाँले स्वतन्त्रताका लागि नेता भट्टराईले गर्नुभएको योगदानको सम्मानस्वरूप उहाँलाई नेपाली जनताले ‘सन्तनेता’को उपाधि दिएका बताउनुभयो ।

सभापति थापाले पार्टीको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेशमा तीनवट ठूला दल मिलेर सरकार गठन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>