धादिङ

धादिङमा २७ जना सेनालाई कोरोना संक्रमण पुष्टि

Banner

धादिङ,भदौ २८-

धादिङमा एकैदिन ३१ जनामा कोराना संक्रमण संक्रमण पुष्टि भएको छ। गल्छी गाउँपालिकास्थित श्री नम्बर ६ बाहिनी अड्डाका २७ जनासहित जिल्लाको त्रिपुरासुन्दरी गाउँपलिकामा ३ जना र गल्छी गाउँपालिकाकै १ जनासमेत गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गल्छी गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीका अनुसार गल्छी गाउँपालिका २१ वर्षका ३ जना, २० वर्षका ४ जना, ३० वर्षका ३ जना, ३५ वर्षका ४ जना, १९ वर्षका २ जना, ३४ वर्षका २ जना, २७ वर्षका २ जना, ३३ वर्षका २ जना, ३६ वर्षका २ जना पुरुष, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको हो। गल्छी गाउँपालिकाका २८ जना कोरोना संक्रमण भएकाहरु बैरेनीमा रहेको श्री नम्बर ६ बाहिनी अड्डामा कार्यरत २७ जना र १ जना गल्छी गाउँपालिका वडा नम्बर ६ का स्थानीय रहेका छन्।

ब्यारेकमा कार्यरत व्यक्तिहरुमा कोरोना भएपछि सेनालाई ब्यारेकबाट बाहिर निस्कन रोकिएको छ। यसअघि सो ब्यारेकका ६ जनामा संक्रमण भएको थियो। उनीहरुको कन्टयाक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>