देश/प्रदेश

नेदरल्याण्ड्सका नेपालीबाट सिन्धुपाल्चोक पहिरो पीडितलाई सहयोग

Banner

सिन्धुपाल्चोक, भदौं २८-

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एनसीसी नेदरल्याण्ड्सले संकलन गरी पठाएको दुई लाख १८ हजार ५२६ रुपैयाँ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर संघका आईसीसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो ।

उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । संघले यसअघि पनि यही ठाउँमा आएर पाँच लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल रिलिज गरी पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गर्नुभयो ।

साथै उपाध्यक्ष लामाले एनआरएनए एनसीसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्नुहुँदै वर्तमान कोभिड–१९ को विषम परिस्थितिमा पनि रकम संकलन गरी पठाएकोमा एनसीसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

वडाका वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरी पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताउनुभयो ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पु¥याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकबासी सीता सापकोटाको पहलमा एनआरएनए एनसीसी नेदरल्याण्ड्सबाट संकलित रकम लिदी पठाइएको हो । त्यस्तै, एनआरएनएए नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कँडेलले सिन्धुपाल्चोकको लिदी पहिरो पीडितसँगै नेपालको बाढीपहिरोका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई र दुई लाख राहत सहयोग पठाइसकेको जानकारी गराउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>