विशेष

पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छ: सभामुख सापकोटा

Banner

सिन्धुपाल्चोक, भदौ २८

सभामुख अग्निप्रसाद सापकोटा आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिनुभयो ।उहाँले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने÷नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भन्नुभयो ।

गए राति गएको पहिराले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीनजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी आज बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीय विमला पौडेल घाइते हुनुभएको छ । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

आ–आफ्नो ठाउँबाट लागौँ : मन्त्री दुलाल

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्राकृतिक विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ नागपुजेमा आएको पहिराबाट भएको क्षतिले आफू अत्यन्त दुःखित भएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>