चितवन विशेष

कोरोनाबाट जोगाउन दाँतको उपचारमा ‘रबर ड्याम’को प्रयोग

Banner

चितवन, भदौ २७–

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन साईराम डेण्टलले ‘रबर ड्याम’को प्रयोगबाट दाँतको उपचार सुरु गरेको छ ।

कोरोना संक्रमणको महामारी देखिएपछि जोखिम न्यूनीकरणमा नयाँ प्रविधिको प्रयोगबाट उपचार थालिएको हो । उपचारमा संलग्न चिकित्सक र बिरामीमा एकआपसबाट संक्रमण नफैलियोस् भन्ने उदेश्यले रबर ड्याम प्रयोग गरेर उपचार सुरु गरिएको साईराम डेण्टलकी प्रबन्ध निर्देशक डा. सरु थापाले जानकारी दिइन् । ‘दाँतको उपचार गर्दा संक्रमण नफैलियोस् भन्ने उदेश्यले रबर ड्यामको प्रयोग गरेका छौं, यसको प्रयोगले संक्रमण फैलन सक्ने सम्भावना कम हुन्छ्र’–डा.थापाले भनिन् ।

साईराम डेण्टल केयर प्रालिले सहिदचोक, अस्पताल रोड र टाँडीमा रहेको आफ्नो शाखाहरुबाट सो सेवा सुरु गरेको उनले बताइन् । अन्र्तराष्ट्रियस्तरको आधुनिक तथा सरल र सहजतरिकाबाट दन्त उपचार गरिरहेको डेण्टलले जनाएको छ ।

संक्रमणबाट जोगाएर दाँतको उपचारको विधि साइरामले डेण्टलले पहिलो पटक सेवा सुरु गरेको हो । भाइरस मुख भित्र रहने भएकाले दाँत रोगको उपचार चुनौतीपूर्ण मानिन्छ ।

हालका लागी अत्यावश्यक अवस्थाका बिरामीको मात्रै उपचार गरिएको डेण्टलले जनाएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि साईराम ढेण्टलले अध्ययन गरेर उक्त प्रविधिको प्रयोग गरेर उपचारलाई सुरक्षित बनाएको वरिष्ठ दन्तरोग चिकित्सक डा. अजय न्यौपानेले बताए । ‘संक्रमण सर्न सक्ने संभावना कम गरेर दाँतको उपचार कसरी गर्ने भन्ने उपायको खोजी गर्यौ’ डा. न्यौपानेले भने ‘दाँतको रोगले दुःख दिएपछि बिरामीको चाप बढी भयो, आफू र बिरामीको सुरक्षाको लागी नयाँ उपचार विधि थालनी गरेका हौ ।’

के हो रबर ड्याम ?

रबर ड्याम मुख र दाँतको बीचमा राखिने एक प्रकारको बाँध हो । उपचार गर्ने दाँतलाई मात्र लक्षित गर्दछ । बिरामीको मुखमा भएका ब्याक्टेरिया अन्यत्र सर्दैन ।

उपचार गर्नपर्ने दाँत मात्रै देखिन्छ । चिकित्सक र बिरामीको प्रत्यक्ष सम्पर्कको जोखिम कम गराउँछ ।

रबर ड्यामको प्रयोगले एकै पटकमा आरसिटि गर्ने बिरामीलाई पटक–पटक धाउनुपर्ने समस्या हटेको सकिने साईराम टेण्टलले जनाएको छ । आरसिटि दाँतको जरादेखि उपचार गर्ने पद्दति हो ।

अष्ट्रेलिया, अमेरिका, युरोपियन मुलुकमा रबर ड्यामको प्रयोग गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>