देश/प्रदेश

एसओएसका युवाहरुद्वारा बिपन्न नागरिकलाई खाद्यान्न सहयोग

Banner

चितवन, भदौं २७-

विश्वव्यापी कोरोना माहामारीका कारण दैनिक हात मुख जोर्न कठिन भएका व्यक्तिहरुलाई एसओएस बालग्राम भरतपुरमा हुर्केका युवाहरुले खाद्यान्न सहयोग गरेका छन् ।

एसओएस बालग्राम भरतपुरमा आफ्नो बाल्यकाल बिताएर हाल देश तथा विदेशमा उच्च शिक्षा हासिल गरिरहेका एवम् आफ्नो पेशा तथा व्यवसायमा आवद्ध भएका युवाहरुले एसओएस युवा क्लब मार्फत् आर्थिक संकलन गरी उक्त सहयोग प्रदान गरेका हुन् ।

बेवारिसे व्यवस्थापन शाखा चितवनको आयोजनामा नारायणगढको नारायणी किनारमा दैनिक ३५० जनाको हाराहारीमा कोरोना माहामारीको कारण दैनिक हात मुख जोर्न कठिन भएका बिपन्न व्यक्तिहरुलाई भोजनको व्यवस्था हुँदै आइरहेको छ ।  एसओएसका युवाहरुले उक्त कार्यक्रममा दुई दिनको भोजन पुग्नेगरी खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । सो सहयोगले लगभग ३५० जनालाई दुई छाक खान पुग्ने भोजन व्यवस्थापन समितिकी कार्यक्रम संयोजक सीता कुँवरले जानकारी दिनुभयो ।

यही भदौ २४ र २५ गतेको भोजन कार्यक्रममा एसओएस का युवाहरुले स्वयंसेवकको भूमिकासमेत निभाएका थिए । यसैगरी भदौ २६ गतेका दिन रत्ननगर नगरपालिका वडा नं १२ सालघारीमा बिपन्न पाँच परिवारलाई पनि प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरियो । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष वीरबहादुर पाख्रिनले सो सहयोगको सराहना गर्दै आगामी दिनमा पनि एसओएस बालग्रामसँग सामाजिक कार्यक्रममा हातेमालो गर्न चाहेको बताउनु भयो ।  यसैगरी एसओएस युवालयका निर्देशक राजेन्द्र लम्सालले आगामी दिनहरुमा समेत कोरोना माहामारीको कारण अप्ठयारोमा परेका व्यक्तिहरुलाई सहयोग जारी रहने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>