देश/प्रदेश

रोल्पामा गोठ भत्किएर पुर्दा दाजुभाइको मृत्यु

Banner

रोल्पा, भदौं २७-

पूर्वी रोल्पाको लुंग्री गाउँपालिका–१ पाङ ऐपे गाउँमा शुक्रबार राति पर्खाल भत्किएर गोठ पुरिँदा दुई भाइको मृत्यु भएको छ।

लुंग्री गाउँपालिका अध्यक्ष दुर्गा खड्काका अनुसार गोठमा सुतिरहेका ज्ञानसिंह घर्ती मगरका दुई छोराको पुरिएर मृत्यु भएको हो। मृत्यु हुनेमा ११ वर्षका युवराज र ८ वर्षका अमर घर्ती मगर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिनुभयो । ‘गोठमाथिको पर्खाल भत्किएर गोठ पुरिँदा दुईजनाको मृत्यु भएको हो । गोठमै सुतेका आमा र बजैको अवस्था सामान्य छ’ प्रनाउ सुवेदीले भन्नुभयो ।

स्थानीयका अनुसार वर्षाका कारण पर्खाल भत्किएको हो । उनीहरु खाना खाएर घर नजिकैको गोठमा सुत्न गएका थिए। मध्यरातमा गोठ पुरिएर दुई छोरा पुरिएपछि आमाले गुहार मागेकी थिइन्। गाउँलेले घटनास्थल पुगेर उद्दार गरेका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी चौकी सुलिचौर र किलाचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो। मुचुल्का उठाई मृतकको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा ल्याइरहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि लुंग्री गाउँपालिका अध्यक्ष खड्का घटनास्थल पुग्नु भएको छ । मृतक बालकका बुबा मजदुरीका लागि भारतमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>