देश/प्रदेश

साइकल किन्न दुई लाखसम्म र्निव्याजी ऋण पाइने

Banner

काठमाडौँ, भदौं २५-

नविल बैंकले साइकल किन्न लोन दिने भएको छ।

पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशील भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिनुभयो ।

त्रिपाठीकाअनुसार यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने छ । यो योजनाअन्तर्गत ग्राहकले दुई लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन ।

‘दुई लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा दुई लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नुहुनेछ,’ बैंकका सूचना अधिकारी त्रिपाठीले भन्नुभयो ।

उहाँकाअनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ। बैंकले यो योजनाको लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससँग सम्झौता गरेको छ। यो योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने बैंकको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>