गण्डकी

देवघाटका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सरुवा

Banner

देवघाट, भदौं २५-

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भएको छ ।

सुवेदीको तनहुँको घिरिङ गाउँपालिकामा सरुवा भएको हो । सुवेदी विगत तिन वर्षदेखि देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनु भएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सुवेदीको सरुवा गरेको हो यसैबीच देवघाटको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तनहुँको बन्दीपुर गाउँपालिकाबाट नरहरि सापकोटा आउनु हुने भएको छ । उहाँ चितवनको भरतपुर महानगरपालिका–४ निवासी हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>