गण्डकी

देवघाटका वडा सचिवमाथि कुटपिट भएको भन्दै कर्मचारीहरुको विरोध

Banner

देवघाट, भदौं २४-

देवघाट गाउँपालिका–२ का सचिव गंगाराम मानन्धरमाथि कुटपिट भएको छ ।

सचिव मानन्धरलाई ऋषिङ गाउँपालिका–३ का २६ वर्षका धनसिंह मगर र सोही ठाउँका २३ वर्षका असिम थापाले सोमबार राति कुटपिट गरेका हुन् । मादक पदार्थ सेवन गरेर गएका उनीहरुले निवासमै सुतिरहेका वडा सचिव मानन्धरलाई सोमबार राती कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्नहरुलाई प्रहरीले मंगलबार दिउँसो वडा नम्बर २ को ब्यागतबाट पक्राउ गरेको थियोे । पक्राउपछि मंगलबार दिउँसो उनीहरुलाई देवघाट ल्याइएको हिरासतमा राख्न साँझ इलाका प्रहरी कार्यालय आबुँखैरेनी पठाइएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरीक्षक उज्वलराज चिलुवालले बताउनुभयो ।

निजामती सेवा दिवसकै दिन राति १० बजेको समयमा आफ्नो कोठामा सुतिरहनु भएको वडा सचिव मानन्धरलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको घटनाप्रति देवघाट गाउँपालिका कर्मचारीले विरोध गरेका छन् । गाउँपालिकाका कर्मचारीहरुले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ज्ञापनपत्र बुझाई वडा सचिवलाई ज्यान मार्ने उद्देश्यले भएको कुटपिटबाट सम्पुर्ण कर्मचारीहरु असुरक्षित महसुस गरेको बताएका छन् ।

कुटपिटमा संलग्नरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै उक्त कुटपिटको विरोधमा कर्मचारीहरुले एक साता वडा नम्बर २ को कार्यालय बन्द गर्ने जनाएका छन् । साथै राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षामा गम्भीर बन्न अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>