चितवन विशेष

चितवनमा सट्टेबाजीमा संलग्न चार जना पक्राउ

Banner

चितवन, भदौ २२–

चितवन प्रहरीले वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल टी–२०) क्रिकेटमा बाजी राख्ने चार जनालाई पक्राउ गरेको छ ।
इन्टरनेट ब्राउजर डाइमन्ड एक्सचेज डटकमलगायतका विभिन्न युआरएलहरूको प्रयोग गरी सट्टेबाजीमा संलग्न भएकाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–७ का २२ वर्षीय रिनाज आचार्य, भरतपुर महानगरपालिका–७ कै २८ वर्षीय सन्जिल लामिछाने, नवलपरासीको गैंडाकोट नगरपालिका–२ का २८ वर्षीय सविन कँडेल र गैंडाकोट–२ कै ३४ वर्षीय राजेश सिग्देल रहेका छन् ।

उनीहरुलाई एक लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीका लागि प्रयोग भएको मोबाइलसहित पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरूले विभिन्न ब्रोकरमार्फत् आफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गराएर बाजी राख्ने गरेको थापाले बताउनुभयो ।

नगद हारजित हुनेगरी अनलाइन सट्टाबाजी खेल्ने, खेलाउने कार्य भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवनका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थापाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>