समाचार
कोरोना सङ्क्रमणबाट सिरहामा थप दुईको मृत्यु
०

लहान, भदौ २२-
कोरोना सङ्क्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ ।
मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
मिर्चैयामा ग्यास व्यवसायी सञ्चालन गर्दै आएका ६२ वर्षीय पुरुषको उपचारका क्रममा गएराति जनकपुरस्थित प्रादेशिक अस्पतालमा र गोलबजारका ७७ वर्षीय पुरुषको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले बताउनुभयो ।
मधुमेह र निमोनियाबाट ग्रसित ७७ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौँ पु¥याएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























