देश/प्रदेश

रथ तान्ने क्रममा झडपमा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण देखियो

Banner

काठमाडौँ भदौ २१-

ललितपुरको पुल्चोकमा गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

‘आज रिपोर्ट आएको अनुसार १६ जनामध्ये ६ जनामा संक्रमण देखिएको छ,’उनले भने,’उनीहरूलाई ललितपुर परिसरमै राखिएको छ।’

प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>