अर्थ

एकै दिन १२ सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौं, भदौ १७-

सुनको मूल्य आज एकै दिन १२ सयले घटेको छ । आज सुन १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कारोबार भएको थियो। सोमबार पनि सुन ३ सयले बढेको थियो । मंगलबार ८ सयले बढेको सुन आज १२ सयले घटेको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । यो मंगलबारको भन्दा ३० रुपैयाँले कम हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>