देश/प्रदेश
काठमाडौँको केन्द्रीय कारागारमा चार कैदीबन्दीको मृत्यु
०

काठमाडौँ, भदौं १६-
केन्द्रीय कारागारमा रहेका चार कैदीबन्दीको मृत्यु भएको छ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार मृतकमध्ये एक जनामा कोरोना पुष्टि भएको छ। अन्य तीन जनाको भने रिपोर्ट आउन बाँकी छ।
कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उहाँ क्षयरोगबाट समेत पीडित हुनुहुन्थ्यो । उहाँहरु मध्ये एक जनाको मेघा अस्पताल र दुई जनाको वीर अस्पतालमा मृत्यु भएको हो।अझैं केही कैदी बिरामी रहेको कारागार स्रोतले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























