देश/प्रदेश

लिदी पहिरामा बेपत्तामध्ये ३६ को शव फेला

Banner

सिन्धुपाल्चोक, भदौ १५–

गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ ।

थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो ।

दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>