देश/प्रदेश

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

Banner

काठमाडौं, भदौं १५–

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

ग्रान्डी अस्पतालमा गरिएको परीक्षणमा शाक्यको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

श्रीमती र आफ्नो जाँच गर्दा आफ्नो मात्र कोरोना रिपोर्ट पोजिटिभ आएको मेयर शाक्यले जानकारी दिए । उनले भने– ‘पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ ।’

उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए। उनले श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>