गण्डकी

नवलपुरमा सुत्केरीमा कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा

Banner

ज्ञानु पंगेनी

कावासोती, भदौ १५-

एक हप्ताकी सुत्केरी महिलामा कोरोना संक्रमण भएपछि उहाँलाई होम आइसोलेसनमा राखिएको छ ।

नवलपरासी पूर्व नवलपुरमा पहिलो पटक संक्रमितलार्ई होम आइसोलेसनमा राखिएको हो । देवचुली नगरपालिका–१५ माइती भई कावासोती–२ होटेल गर्दै आउनुभएकी धादिङकी २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि उहाँलाई होम आइसोलेसनमा राखिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँ र उहाँको परिवारले कोराना संक्रमण भएको, रिपोर्ट आएको तीन दिनपछि आइतबार मात्रै थाहा पाएका हुन् । संक्रमित महिला कावासोती नगरपालिका–२ होटेल गर्दै आउनुभएको थियो । तर, बन्दाबन्दीका कारण गत वैशाखबाट देवचुली महानगरपालिका–१५ स्थित माइतीघरमा बसिरहनु भएको थियो ।

एक हप्ताअघि पुरानो मेडिकल कलेज चितवनमा उहाँले बच्चा जन्माउनुभएको हो । सोही क्रममा उहाँको स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट १२ गते आएको थियो । रिपोर्टमा ठेगाना कावासोती–२ लेखेका कारण उहाँलाई कावासोती नगरपालिकाबाट खोजतलास गर्दा पत्ता लाग्न सकेको थिएन । खोजतलास गर्नेक्रममा नै आइतबार देवचुली नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले देवचुली–१५ स्थित माइतीघरमा रहेको जानकारी पाएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

आइतबार स्वास्थ्यकर्मीको टोली संक्रमित महिलाको माइतीमा पुगेर घरका अन्य परिवारलाई घरमै क्वारेन्टिन र संक्रमितलाई होम आइसोलेसनमा राखेको हो । एक हप्ताको सुत्केरीलाई धेरै स्याहार सुसार पु¥याउनुपर्ने भएकाले स्थानीय टोल विकास संस्था जनप्रतिनिधीसँगको छलफलपछि घरमै आइसोलेसनमा राख्ने निर्णय गरिएको हो । संक्रमित महिलाको माइतीमा १० जनाको परिवार रहेको र सबै घुलमिल भइसकेकाले सुरक्षित भएर सुत्केरीको हेरचाहका गर्न आग्रह गरिएको श्रेष्ठले बताउनुभयो । संक्रमितको घर र टोललाई सिल गरिएको र आवश्यक सामग्री टोल विकासका प्रतिनिधिले पु¥याउने सहमति भएको छ ।

स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार संक्रमित महिला र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । एक हप्तापछि परिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिने श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा संक्रमित सबैलाइ रजहर स्थित (कोरोना अस्थायी अस्पताल ) सामुदायिक प्राकृतिक चिकित्सालयमा राखिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>