देश/प्रदेश

केन्द्रीय कारागारका १५० कैदीबन्दीलाई ज्वरो

Banner

काठमाडौं, भदौं १३-

काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारका १५० बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएपछि ५० जनाको स्वाब कोरोना परीक्षण गर्न पठाइएको छ।

विभिन्न कारागार सुरक्षार्थ खटिएका प्रहरी र जेल प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि सतर्कता अपनाइएको अवस्थामा कैदीमा ज्वरो र रुघाखोकी देखिएको हो। कारागार स्रोतका अनुसार बाहिरबाट सरुवा भएर आएका २ कैदीमा कोरोना देखिएको छ। उनीहरूलाई कारागारभित्रै क्वारेन्टाइन बनाएर निगरानीमा राखिएको छ।

राष्ट्रिय मानवअधिकार आयोगका कारागार हेर्ने सदस्य सुदीप पाठकले ५० जना थुनुवा र कैदी तथा ३० सुरक्षाकर्मीको स्वाब परीक्षण गर्न अस्पताल पठाएको जानकारी प्राप्त भएको बताउनु भयो । ‘१५० जनामा ज्वरो आएको कारागार विभागबाट जानकारी आएको छ। कैदी र सुरक्षाकर्मीसहित ८० जनाको स्वाब परीक्षणमा पठाइएको छ’, पाठकले भन्नुभयो, ‘भौतिक दूरी कायम नगरे भयावह अवस्था आउने खतरा छ।’

पाठकले आयोगको अनुगमनका क्रममा केन्द्रीय जेलमा एउटै कोठामा २० जनासम्म राखेको पाइएको जानकारी दिनुभयो । ‘जब कि कोरोनाबाट जोगिन कम्तीमा पाँच फिटको फरकमा बस्नुपर्छ’, उहाँले भन्नुभयो । साबुन, डेटोलसहितका सामग्री किन्न कैदीलाई कम्तीमा ५० रुपैयाँ उपलब्ध गराइनुपर्ने उहाँको भनाइ छ। देशभरका ७१ जेलमा २३ हजार ८०० कैदीबन्दी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>