Breaking News

सिएमसीले भन्योः भरतपुर प्रयोगशालामा थुप्रिएको नमुना निःशुल्क परीक्षण गर्न तयार छौं

Banner

चितवन, भदौं १३–

चितवन मेडिकल कलेजले भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा थुप्रिएको नमुना निःशुल्क परीक्षण गर्न तयार रहेको जनाएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमार्फत सूचना निकाल्दै भरतपुर अस्पतालको पेन्डिङमा भएको स्वाब (नमुना) निःशुल्क परीक्षण गर्न तयार रहेको जनाएको छ ।

अस्पतालले भनेको छ–‘भरतपुर अस्पतालको पेन्डिङ भएको नमुना हामी त्यहाँबाट एउटा चिठ्ठी पठाएमा सम्पूर्ण चितवनबासीलाई सहयोग गर्ने उद्देश्यले भरतपुर अस्पतालको ल्याब जस्तै निःशुल्क परीक्षण गर्न हामी तयार छौं, जसले गर्दा चितवनबासीले स्वाब (नमुना) दिएको अर्को दिनमा रिपोर्ट पाउने थिए ।’

यही भरतपुर महानगरपालिकाले न्यूनतम शुल्क लागेको दिने या रिएजेन्ट दिएमा आजदेखि नै सम्पूर्ण नमुना पनि परीक्षण गर्न तयार रहेको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एवंम प्रवन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले चितवनमा पछिल्लो समय कोरोना भाइरस धेरै फैलिएकाले त्यसको पहिचान गर्ने एक मात्र माध्यम पीसीआर परीक्षण रहेको भन्दै चितवन मेडिकल कलेज छिट्टो परीक्षणका लागि तयार रहेको बताए । उनले भने–‘चितवनबासीको समस्या हाम्रो पनि समस्या हो, हामीले हाम्रो क्षमता र प्रविधिले भ्याएसम्म सहयोग गर्छौ ।’

चितवन मेडिकल कलेजले हाल एक जनाको ५ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण गर्दै आइरहेको छ । भरतपुर अस्पतालको ल्याब र चितवन मेडिकल कलेजको ल्याबमा पूर्ण रुपमा संचालन गर्न सकिए चितवनमा दैनिक १२ सयदेखि १५ सय नमुनासम्म परीक्षण गर्न सकिने अध्यक्ष डा.न्यौपानेले बताए ।

पछिल्लो समय भरतपुर अस्पताल प्रयोगशालामा नमुनाको थुप्रो लागेको छ । जसका कारण केहीदिन अघि ७ सय नमुना परीक्षणका लागि काठमाडौं र धुलिखेल पठाईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>