प्रदेश २

वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

Banner

वीरगञ्ज, भदौं १३–

पर्साको वीरगञ्जमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर ती महिलालाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>