देश/प्रदेश

नेपाल आइडल फाइनल छायाँकनको क्रममा एक जनामा कोरोना संक्रमण

Banner

काठमाडौं, भदौं १२–

तेस्रो सिजनको नेपाल आइडलको फाइनल प्रतिस्पर्धा छायाँकनको क्रममा एक जनाको कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएपछि एपी वान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका छन् ।

सहभागि मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि बीचमै कार्यक्रम रोकेर प्रतिस्पर्धी बिना नै डिजिटल विजेता घोषणा गरिएको हो । कार्यक्रममा सहभागि सबै सेल्प आइसोलेसनमा बसेका छन् । क्याप्टेन थापाले तेस्रो सिजनको विजेता सज्जा चौलागाई भएको घोषणा गरे । यस्तै फस्ट रनरअप प्रविण बेडवाल र सेकेण्ड रनरअप किरण भुजेल भएका छन् ।

नेपाल आइडल बन्न सफल चौलागाईले ५० लाख, फस्ट रनरअप बेडवालले १० लाख र सेकेण्ड रनरअप भुजेलले ५ लाख प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>