स्वास्थ्य

काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Banner

काठमाडौं, भदौ ११-

कोरोना संक्रमण्काा कारण काठमाडौं उपत्यकामा थप एक जनाको मृत्यु भएको छ। ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ। बुधबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>