गण्डकी

नारायणी नदीमा बेवारिसे शव फेला

Banner

ज्ञानु पंगेनी

नवलपुर, भदौं १०-

नवलपरासी पूर्व (नवलपुरमा) बुधबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ ।

गैँडाकोट नगरपालिका–११ भेडाबारीको पितौजीघाट स्थित नारायणी नदीको किनारमा अन्दाजी २४\२५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कर्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ । शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गैँडाकोटको टोलीले शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखेको जनाएको छ । शवको सनाखत हुन सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>