देश/प्रदेश

आज एकैदिन कोरोना सङ्क्रमणबाट आठ जनाको निधन

Banner

काठमाडौं, भदौं ८–

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकैदिन आठ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा तीन महिला र पाँच जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौंका ४८ वर्षका एक महिला, रुपन्देहीका ६७ वर्षका एक महिला र रुपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला रहेका छन । हालसम्म कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>