देश/प्रदेश
पञ्चमी नुहाउन खोलामा गएकी गर्भवती महिलाको बगाएर मृत्यु
०

कास्की,भदौ ७
कास्कीको माछापुच्छ«े गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।
खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल नदी किनारमा फेला पारेका थिए । घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा–२४ कास्कीकोट माइती भएकी गर्भवती उनकी साढे दुई वर्षकी छोरी छन् ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























